Pura Samachar

पीएसएल’ २०२१ को उपाधि मुलतान सुल्तान्सले जितेको छ।

प्रकाशित: June 25, 2021

पीएसएल’ २०२१ को उपाधि मुलतान सुल्तान्सले जितेको छ।

काठमाडौं । पाकिस्तान सुपर लिग ‘पीएसएल’ २०२१ को उपाधि मुलतान सुल्तान्सले जितेको छ।

युएईको राजधानी आबु धाबीमा बिहीवार सम्पन्न फाइनल खेलमा मुलतानले पेशावर जालमिजलाई ४७ रनले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुलतानले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाएर २०६ रनको विशाल योगफल तयार गरेको थियो।

मुलतानका लागि शोहेव मकसुदले अविजित ६५ रनको पारी खेल्दा रिले रोसोले ५० रनको अर्धशतकीय पारी खेले। त्यस्तै कप्तान मोहम्मद रिजवानले ३० रन जोड्दा ओपनर शान मसुदले ३७ रनको योगदान दिए।

जवाफी ब्याटिङमा २०७ रनको लक्ष्य पछ्याउने क्रममा पेशावरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १५९ रन बनाउन सफल भयो। पेशावरका भेट्रान खेलाडी शोहेव मलिकले ४८ रन जोड्दा विकेट किपर कम्रान अकमलले ३६ रनको योगदान दिए।

पेशावरलाई सस्तोमै समेट्न मुलतान सुल्तान्सका स्पिनर इमरान ताहिरले ३ विकेट लिए भने इमरान खान र ब्लेसिङ मुजारबानीले समान २२ विकेट बटुले।त्यस्तै तेज गतिका भेट्रान बलर सोहेल तनभिरले पनि १ विकेट लिन सफल भए।

प्रतिक्रिया