Pura Samachar

दुबईबाट भित्रिँदै चार सय किलो सुन!

प्रकाशित: June 26, 2021

दुबईबाट भित्रिँदै चार सय किलो सुन!

काठमाडौं : कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि बन्द रहेको सुन आयात पुनः सुरु हुने भएको छ। करिब २ महिनापछि आगामी साता दुबईबाट एकै दिन चार सय किलो सुन नेपाल भित्रिने भएको हो।

निषेधाज्ञाका कारण रोकिएको सुन आयात अन्तर्राष्ट्रिय हवाई उडान खुलेलगतै सुरु हुने भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। कोरोना संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं उपत्यकाका तीनसहित ७५ जिल्लामा वैशाख १६ देखि निषेधाज्ञा जारी गरेका थिए। मंगलबारदेखि उपत्यकासँगै अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको छ।

पसल खोल्न पाइने भएपछि व्यवसायीले सुन माग गरेका छन्। यसपटक संघले निषेधाज्ञा अवधिमा पनि सुनचाँदीको कारोबार मूल्य निर्धारणको काम बन्द गरेको थिएन।

बैंकहरुले भित्र्याउने सुन महासंघको समन्वयमा व्यवसायीले खरिद गर्ने गरेका छन्। लामो समयदेखि रोकिएको सुनको आयात अन्तर्राष्ट्रिय हवाई उडान खुल्दा पहिलो फ्लाइटबाटै थाल्ने तयारी भएको बैंकर एसोसिएसनकी सूचना अधिकारी सविना श्रेष्ठले बताइन।

प्रतिक्रिया