Pura Samachar

दक्षिण अफ्रिका पराजित

प्रकाशित: June 27, 2021

दक्षिण अफ्रिका पराजित

काठमाडौं । वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाको टोली पहिलो टी-ट्वेन्टी खेलमा ८ विकेटले पराजित भएको छ।

‘सेन्ट जर्ज’ मैदानमा सम्पन्न पहिलो टी-ट्वेन्टी खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका वेस्ट इन्डिजका कप्तान केरन पोलार्डको निर्णय गलत सावित भएन। पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनाउन सफल भएको थियो।

 

दक्षिण अफ्रिकाका लागि भ्यान डर डुसेनले अविजित ५६ रनको पारी खेल्दा विकेट किपर क्विन्टन डे ककले ३७ रन जोडेका थिए। वेस्ट इन्डिजका लागि फाबियन एलेन र भेट्रान अल राउन्डर ड्वेन ब्राभोले समान २-२ विकेट लिन सफल भए।

जवाफी ब्याटिङमा १६१ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको वेस्ट इन्डिजले उत्कृष्ट ब्याटिङ गर्यो। वेस्ट इन्डिजका लागि ओपनर एलभिन लेविसले सर्वाधिक ७१ रनको पारी खेल्दा भेट्रान ब्याट्सम्यान क्रिस गेलले २४ बलमा अविजित ३२ रन जोडे।

 

त्यस्तै अर्का स्टार अल राउन्डर आन्द्रे रसलले १२ बलमा २३ रनको अविजित पारी खेल्दा वेस्ट इन्डिजले १५ ओभरमा मात्र २ विकेट गुमाएर १६१ रन बनाउन सफल भयो। यस जितसँगै वेस्ट इन्डिजले ५ खेलको टी-ट्वेन्टी श्रृङ्खलामा १-० को विजयी शुरुआत गरेको छ।


facebook sharing button
twitter sharing button
whatsapp sharing button
messenger sharing button
sharethis sharing button

प्रतिक्रिया