Pura Samachar

साबिक विजेता पोर्चुगल बाहिरियो

प्रकाशित: June 28, 2021

साबिक विजेता पोर्चुगल बाहिरियो

काठमाडौं । बेल्जिय १६ औँ सस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा साबिकको विजेता टोली पोर्चुगललाई १–० गोल अन्तरले हराउँदै बोल्जियम अन्तिम आठमा प्रवेश गरेको हो ।

स्पेनको सेभियामा भएको खेलमा बेल्जियमलाई जित दिलाउन थोर्गान हाजार्डले निर्णायक गोल गरेका थिए

खेलको ४२ औँ मिनेटमा थोर्गान हाजार्डले टिमका लागि निर्णायक गोल गरेका थिए । दोस्रो हाफमा पोर्चुगलले धेरै अवसर पाएपनि जित भने निकाल्न सकेन ।

बेल्जियमले अब क्वाटरफाइलनमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । युरोकप फुटबलमा यो संस्करणमा बेल्जियम हालसम्म अपराजित छ ।

बेल्जियम अन्तिम आठमा पुग्ने चौथो टोली हो ।

हंगेरीको राजधानी बुडापेस्टस्थित ‘पुस्कास एरेना’मा ५२,००० दर्शक सामु भएको खेलमा चेक गणतन्त्रले यस संस्करणकै दावेदार टोली नेदरल्यान्ड्सको यात्रामा पूर्णविराम लगाएको छ।

पहिलो हाफ गोलरहित बराबरी खेले पनि नेदरल्यान्ड्सले बल पोसेसनमा हैकम जमाएको थियो। तर दोस्रो हाफको ५२औं मिनेटमा डच सेन्टर ब्याक म्याथिस डे लाइटले रातो कार्ड प्राप्त गर्दै मैदान बाहिरिए।

 

त्यसपछि खेलमा चेकले दुई गोल गर्न सफल भयो। खेलको ६८औं मिनेटमा रक्षक टोमस कलसको पासमा टोमस होलेसले गोल गर्दा चेकले खेलमा अग्रता लिन सफल भएको थियो। चेकले खेलको ८०औं मिनेटमा आफ्नो अग्रता दोब्बर बनायो। यसपाली टोमस होलेसको पासमा स्ट्राइकर प्याट्रिक शिकले गोल गर्दै चेक गणतन्त्रको अग्रता दोब्बर बना

निर्धारित ९० मिनेटको खेलसम्म अरु कुनै गोल हुन नसक्दा चेक गणतन्त्रले नेदरल्यान्ड्सको युरो कप २०२० यात्रा अन्त्य गरेको हो। चेक गणतन्त्रले अब क्वार्टर फाइनलको खेलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ।

 प्रकाशित मिति: २०७८,असार,१४,सोमवार ०१:०३

 

facebook sharing button
twitter sharing button
whatsapp sharing button
messenger sharing button
sharethis sharing button

 

प्रतिक्रिया