Pura Samachar

त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहको परीक्षण साउन ९ गतेबाट सञ्चालन हुने

प्रकाशित: June 29, 2021

त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहको परीक्षण साउन ९ गतेबाट सञ्चालन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहको परीक्षण साउन ९ गतेबाट सञ्चालन हुने भएको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्नातक तहको प्रवेश परीक्षा साउन ९ गतेदेखि सञ्चालन गर्न अनुमति दिएको हो ।

स्वास्थ्य मापदण्ड पालना गर्दै प्रवेश परीक्षा संचालनको लागि उपत्यका बाहिर र भित्रका केन्द्रमा गर्ने गरी राय दिएको बताइएको छ ।

चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलले प्रवेश परीक्षासम्बन्धी थप निर्णय भने आज बैठक बसेर सार्वजनिक गर्ने तयारी भइरहेको बताउनुभयो ।

प्रवेश परीक्षा सञ्चालन हुन नसक्दा २५ हजारभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् ।

प्रतिक्रिया