Pura Samachar

जर्मनीलाई स्तब्ध पार्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

प्रकाशित: June 30, 2021

जर्मनीलाई स्तब्ध पार्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

काठमाडौं । तीन पटकको युरोकप च्याम्पियन जर्मनीलाई स्तब्ध पार्दै इङ्ल्यान्ड १६ औँ संस्करणको युरोकप फुटबलकाे क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीले १९७२, १९८० र १९९६ मा युरोकपको उपाधि उचालेको थियो ।

मंगलबार राति भएको खेलमा इङ्ल्यान्डले जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो

वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रलिङ र ह्यारी केनले एक–एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको इङ्ल्यान्डले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो ।

खेलको ७५ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाए । ८६ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।

जितसँगै इङ्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौँ टोली बनेको छ । इङ्ल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि स्विडेन र युक्रेनबीचको विजेतासँग खेल्नेछ

प्रतिक्रिया