Pura Samachar

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

प्रकाशित: June 30, 2021

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो । भने आज सुनको मूल्य तोलामा ६ सयले गिरावट आई प्रतितोला छापावाला सुन ९० हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मूल्य ८९ हजार ५ सय रहेको छ ।

मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य १३ सय रहेको थियो भने आज १२ सय ९० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया