काठमाडौं– यूरोपियन च्याम्पियनसिपको १६ औं संस्करणको क्वाटरफाईनलका खेलहरु आज शुक्रवारदेखि प्रारम्भ हुँदैछ ।
आज पहिलो दिन असार १८ गते शुक्रबार दुई खेलहरु हुनेछन् ।
जस अनुसार नेपाली समय अनुसार आज राति ९:४५ बजे स्विट्जरल्यान्ड विरुद्ध स्पेनले रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा खेल्ने छ भने नेपाली समय अनुसार राति १२:४५ बजे बेल्जियमले इटाली विरुद्ध जर्मनीको म्युनिख रंगशालामा खेल खेल्दैछ ।
यस्ता छन् रंगशालाहरु :
क्रेटोसकी स्टेडियम, सेन्ट पिटर्सवर्ग
२०१८ को विश्वकपको लागि बनाईएको यो रंगशालालाई ग्याजप्रोम एरिनाको नामले समेत चिनिन्छ । यो रंगशालाको कुल दर्शक क्षमता ६९,००० रहेको छ । यसको मर्मत खर्च मात्र ९ सय ३० मिलियन युरो रहेको थियो । यस रंगशालामा समुह चरणका तीन खेलहरु खेलाइएका थिए भने क्वार्टर फाईनलको खाजको खेल हुनेछ ।
एलिञ्ज एरिना, म्युनिख
बार्यन म्युनिखमा अवस्थित यस रंगशालाको कुल दर्शक क्षमता ६७,८१२ रहेको छ । यस रंगशालामा पहिलो चरणको तीन जर्मन राष्ट्रिय टोलीको खेल खेलाइएको थियो भने क्वार्टरफाईनलको आजको खेल हुनेछ । एलिञ्ज एरिनालाई विश्वकै एक उच्च श्रेणीको रंगशाला र बार्यन म्युनिखको शान मानिन्छ ।
यस्तो छ क्वाटरफाइनलको तालिका
असार १८ गते शुक्रबार
स्विट्जरल्यान्डविरुद्ध स्पेन
समय : राति ९:४५ बजे
ठाउँ : सेन्ट पिटर्सवर्ग
बेल्जियमविरुद्ध इटाली
समय : राति १२:४५ बजे
ठाउँ : म्युनिख
असार १९ गते शनिवार
चेक रिपब्लिकविरुद्ध डेनमार्क
समय : राति ९:४५ बजे
ठाउँ : बाकु
युक्रेनविरुद्ध इङ्ल्याण्ड
समय : राति १२:४५ बजे
ठाउँ : रोम
प्रतिक्रिया