ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको दुई क्वाटरफाइनल खेल हुँदै छन् ।
आइतबार बिहान पहिलो खेलमा उरुग्वेसँग कोलम्बिया र दोस्रो खेलमा अर्जेन्टिनासँग इक्वेडर भिड्दै छन् ।
उरुग्वे र काेलम्बियाबीचकाे खेल आइतबार बिहान ३:४५ मा सुरू हुनेछ ।
उपाधि दाबेदार मानिएकाे अर्जेन्टिना अन्तिम चारको यात्राका लागि आइतबार बिहान ६:४५ बजे इक्वेडर विरूद्ध मैदान उत्रदैछ ।
शनिबार बिहान भएको पहिलो क्वाटर फाइनल खेलमा पराग्वेमाथि पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै पेरु र दोस्रो खेलमा चिलीमाथि जित निकाल्दै ब्राजिल अन्तिम चारमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया