अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको हो ।
अर्जेन्टिनाको जितमा रोड्रीगो डी पाउल, लाउतारो मार्टिनज र लियोनेल मेसीले एक एक गोल गरेका थिए । त्यस्तै यस खेलमा खेलको ९२औ मिनेटमा इक्वेडरका पिएरो हिनक्यापले रातो कार्ड पाएका थिए ।
जितसँगै अर्जेन्टिनाले अब सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने छ । अर्जेन्टिना र कोलम्बियाबीचको खेल बुधबार बिहान ६:४५ बजे हुने छ । त्यस्तै पहिलो सेमिफाइनलमा भने ब्राजिलले पेरुको सामना गर्ने छ । ब्राजिल र पेरुबीचको खेल नेपाली समय अनुसार मंगलबार बिहान ४:४५ बजे हुने छ ।
प्रतिक्रिया