कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान सम्पन्न क्वाटरफाइनलको खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको हो
कोलम्बिया र उरुग्वेबीच निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा उरुग्वेका दुई खेलाडीले पेनाल्टी मिस गरेका थिए । उरुग्वेका जोस गिमेनेज र माटियास भिनाले पेनाल्टी मिस गरेपछि कोलम्बियाले ४-२ ले खेल जितेको थियो । अब कोलम्बियाले सेमिफाइनलमा अर्जेन्टिना र इक्वेडरबीचको विजेतासँग खेल्ने छ ।
युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । युरोपका विभिन्न ११ शहरमा भइरहेको १६ औं संस्करणको युरोकप फुटबलमा गए राति इङ्ल्याण्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
गए राति भएको खेलमा युक्रेनलाई ४–० गोलले पराजित गर्दै इङल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ ।
चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै इङल्याण्डले युक्रेनलाई ४–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
गए रातिको खेलसँगै इङल्याण्ड, इटली, स्पेन र डेनमार्क युरोकपको अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् । अब इटली र स्पेनबीचको खेल बुधवार राति पौने १ बजे हुनेछ भने डेनमार्कले इङल्याण्डसँग बिहीवार राति पौने १ बजे प्रतिस्पर्धा गर्ने भएको छ ।
प्रतिक्रिया