Pura Samachar

आज सुनको मूल्य?

प्रकाशित: July 5, 2021

आज सुनको मूल्य?

साताको दोस्रो दिन आज सुनको मूल्य स्थिर छ। आइतबार २ सयले बढेको सुन आज स्थिर भएको हो।

गत हप्ता आइतबार २ सयले बढेको सुन सोमबार स्थिर थियो। मंगलबार तोलामा एक सयले घटेको थियो। बुधबार ६ सयले घटेको थियो भने बिहीबार ८ सयले बढेको थियो। शुक्रबार ५ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९१ हजार ५ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य पनि आज स्थिर छ। चाँदी आज एक हजार ३२५ मा कारोबार भइरहेको छ।

प्रतिक्रिया