Pura Samachar

ब्राजिल कोपा अमेरिका को फाइनलम

प्रकाशित: July 6, 2021

ब्राजिल कोपा अमेरिका  को फाइनलम

काठमाडौं । साविक विजेता ब्राजिल कोपा अमेरिका २०२१ को फाइनलमा पुगेको छ ।

मंगलबार विहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा पेरूलाई १–० गोलले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुग्न सफल भएको हो ।

ब्राजिलको जितमा लुकास पाक्युटा नायक सावित भए । उनले गरेको एक मात्र गोलको मद्दतमा आयोजक ब्राजिल लगातार दोस्रो पटक कोपा अमेरिकाको फाइनलमा पुग्न सफल भयो ।

खेलको ३५ मिनेटमा गोल गर्दै पाक्युटाले ब्राजिललाई अग्रता दिलाएका थिए । नेइमारले उपलब्ध गराएको पासमा उनले पेनाल्टी बक्सबाट गोल गरेका थिए ।

अब उपाधिका लागि ब्राजिलले अर्जेन्टिना वा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ । कोलम्बिया र अर्जेन्टिनाबीचको दोस्रो सेमिफाइनल बुधबार विहान हुनेछ ।

प्रतिक्रिया