Pura Samachar

युरोकपमा आजदेखि सेमिफाइनलका खेल शुरु हुँदै

प्रकाशित: July 6, 2021

युरोकपमा आजदेखि सेमिफाइनलका खेल शुरु हुँदै

काठमाडौं । युरोकप २०२० मा आजदेखि सेमिफाइनलका खेल शुरु हुँदैछ ।

पहिलो सेमिफाइनलमा आज राति इटाली र स्पेनबीचको खेल हुँदैछ । लण्डनको वेम्बली स्टेडियममा नेपाली समयअनुसार राति १२ः४५ मा सुरु हुने खेलमा इटाली र स्पेन फाइनल प्रवेशका लागि भिड्नेछन् ।

क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ गोलअन्तरले पराजित गर्दै इटाली र पेनाल्टी सुटआउटमा स्विजरल्यान्डमाथि ३–१ गोलको जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको स्पेनबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

इटालीले हराएको बेल्जियम फिफा वरियतामा शीर्ष स्थानको टोली हो । अनि स्पेन तीन पटकको च्याम्पियन हो । त्यसैले यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

यी दुई टोली अहिलेसम्म ३३ पल्ट भिडेका छन, जसमा १२ खेलमा स्पेन र ९ खेलमा इटाली विजयी भएको थियो । १२ खेल भने बराबरी भएको थियो ।

प्रतिक्रिया