Pura Samachar

आज बढ्यो सुनचाँदीको मूल्य

प्रकाशित: July 6, 2021

आज बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सोमवारको तुलनामा मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ३ सयले वृद्धि भएको छ ।

सोमवार सुनको मूल्य ९१ हजार ५ सय रहेकोमा आज मूल्य वृद्धि भइ प्रतितोला सुन ९१ हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।

सोमवारको तुलनामा मंगलवार प्रतितोला चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भएको छ । सोमवार चाँदीको मूल्य १३ सय २५ रहेकोमा आज १३ सय ३० कायम भइ कारोबार भइरहेको छ ।

प्रतिक्रिया