Pura Samachar

बुधबार बिहान अर्जेन्टिना र कोलम्बिया भिड्दै

प्रकाशित: July 6, 2021

बुधबार बिहान अर्जेन्टिना र कोलम्बिया भिड्दै

कोपा अमेरिका अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा बुधबार बिहान अर्जेन्टिना र कोलम्बिया भिड्दै छन् ।


नेपाली समय अनुसार बुधबार बिहान ६:४५ बजे यो खेल हुदै छ । यस खेलको विजेताले फाइनलमा ब्राजिलको सामना गर्ने छ ।

अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई ३-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । प्रतियोगितामा अपराजित रहेको अर्जेन्टिनाले समुह चरणको एक खेल बराबरी खेलेको थियो ।

त्यस्तै कोलम्बियाले भने क्वाटरफाइनलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।


प्रतिक्रिया