Pura Samachar

भारतमा कोरोनाबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि

प्रकाशित: असार २४, २०७८

भारतमा कोरोनाबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि

एजेन्सी । भारतमा कोरोनाबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । पछिल्ला केही दिन लगातार घट्दै गएकोमा बिहीबार फेरि वृद्धि भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

बताइए अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ४५ हजार ८९२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यसअघि बुधबार एक दिनमा नयाँ सङ्क्रमितको सङ्ख्या ४३ हजार ७३३ रहेको विवरण संघीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको कुल सङ्ख्या भने चार लाख ६० हजार ७०४ रहेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमित मध्ये १.५ प्रतिशत मात्रै अहिले सङ्क्रमित अवस्थामा रहेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८१७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्ले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म ४२ करोड ५२ लाख २५ हजार ८९७ पटक स्वाब परीक्षण गरी सकेकाे छ ।

प्रतिक्रिया