Pura Samachar

१६औं संस्करणको युरो कपको उपाधिको लागि आइतबार राति इटाली र इंग्ल्यान्ड भिड्दै

प्रकाशित: July 11, 2021

१६औं संस्करणको युरो कपको उपाधिको लागि आइतबार राति इटाली र इंग्ल्यान्ड भिड्दै

१६औं संस्करणको युरो कपको उपाधिको लागि आइतबार राति इटाली र इंग्ल्यान्ड भिड्दै छन् ।


खेल वेम्बली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुँदै छ ।

यि दुई टोली जारी युरोमा अपराजित रहँदै फाइनलमा पुग्न सफल भएका टोली हुन् ।

घरेलु मैदानमा हुने खेलमा इंग्ल्यान्ड युरोमा पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा मैदान उत्रनेछ ।

पछिल्लो १२ खेलमा अपराजित रहेको इंग्ल्यान्ड युरोमा पहिलोपटक नै फाइनलमा पुग्न सफल भएको हो ।

यता, पछिल्लो ३३ खेलमा अपराजित रहेको इटाली पनि इंग्ल्यान्डलाई उसकै मैदानमा स्तब्ध पार्दै ५३ वर्षपछि युरोको च्याम्पियन बन्न लक्ष्यमा छ । इटाली सन् १९६८ मा घरेलु मैदानमा युगोस्लाभियालाई हराउँदै च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया