
क्रिस्टियानो रोनाल्डोले युरोकपको गोल्डेन बुट जितेका छन् । ५ गोल गरेका रोनाल्डोले पाँचै गोल गरेका चेक रिपब्लिकका पाट्रीक शिकलाई पछि पार्दै युरोकपको गोल्डेन बुट जितेका हुन् । गोल बराबरी गरेपनि रोनाल्डोले एक गोल असिस्ट गरेका हुनाले शिकलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन्
त्यस्तै यस युरोकपमा फ्रान्सका करिम बेन्जमा, बेल्जियमका रोमेलु लुकाकु, इङल्याण्डका ह्यारी केन र स्विडेनका एमिल फोर्सबर्गले ४-४ गोल गरेका थिए ।
त्यस्तै डेनमार्कका कास्पर डोलबेर्ग, इङल्याण्डका रहिम स्टरलिङ, नेदरल्याण्डका जर्जिनियो विजनाल्डम, पोल्याण्डका रोबेर्ट लेवानडोस्की, स्वीट्जरल्याण्डका हारिस सेफेरोभिक र जेर्डन शाकिरीम स्पेनका अल्भारो मोराटाले ३-३ गोल गरेका थिए ।
यस युरोकपका ५१ खेलमा कुल १४२ गोल भएका थिए जसमा ११ गोल आत्मघाती गोल भएका छन् । जसअनुसार प्रति खेल औसतमा २.७८ गोल भएका छन् ।
त्यस्तै युरोकपको इतिहासमा अहिलेसम्म सर्बाधिक १४ गोल गर्दै रोनाल्डो सबैभन्दा अगाडी रहेका छन् । त्यस्तै स्पेनका १८ बर्षिय प्लेमेकर पेड्री युरोकपको उत्कृष्ट युवा खेलाडी बनेका छन् ।
प्रतिक्रिया