Pura Samachar

वेष्ट इन्डिज १६ रनले विजयी

प्रकाशित: July 17, 2021

वेष्ट इन्डिज १६ रनले विजयी

एजेन्सी। इभिन लेविसको ७९ रनप्रेरित वेष्ट इन्डिजले पाँचौं ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलियालाई १६ रनले हरायो। यससँगै पाँच खेलको शृंखला वेष्ट इन्डिजले ४–१ ले जित्यो। टस जितेर ब्याटिङ गरेको वेष्ट इन्डिजले आठ विकेट गुमाएर १९९ रन बनायो। २०० रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ९ विकेट गुमाएर १८३ रनमात्र बनायो। वेष्ट इन्डिजका शेल्डन कोट्रेल र आन्द्रे रसेलले समान तीन विकेट लिए।

प्रतिक्रिया