
एजेन्सी। श्रीलंकाले भारतविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २६३ रनको लक्ष्य प्रस्तुत गरेको छ। कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६२ रन बनायो। श्रीलंकाका चमिका करुणारत्नेले अविजित ४३, दसुन शनाकाले ३९, चरिथ असलङ्काले ३८, अभिष्का फर्नान्डोले ३२ रन बनाए। भारतका दीपक चहर, युजभेन्द्र चाहल र कुलदीप यादवले समान दुई विकेट लिए।
प्रतिक्रिया