Pura Samachar

सन्दीपले ‘दी हन्ड्रेड’को पहिलो खेल गुमाउन सक्ने

प्रकाशित: July 20, 2021

सन्दीपले ‘दी हन्ड्रेड’को पहिलो खेल गुमाउन सक्ने

एजेन्सी।नेपालका स्पिनर सन्दीप लामिछानेले भिसा समस्याका कारण इङ्ल्यान्डमा २२ जुलाईबाट सुरु हुने पहिलो संस्करणको ‘द हन्ड्रेड’ लिगको पहिलो खेल गुमाउन सक्ने भएका छन्। इङ्ल्यान्डमा सन्दीपको १० दिने क्वारेन्टिन आज सकिदैछ। सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरेको थियो। ओभलले पहिलो खेल म्यानचेस्टर ओरिजिनल्सविरुद्ध बिहीबार खेल्नेछ। पहिलो सन्दीप उपलब्ध नभएमा दक्षिण अफ्रिकाका ताबरेज शाम्सीलाई खेलाउने तयारी भएको जनाइएको छ।

प्रतिक्रिया