Pura Samachar

दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी

प्रकाशित: July 21, 2021

दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी

श्रीलंकाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा पनि भारत विजयी भएको छ ।


गएराति भएको खेलमा पाहुना टोली भारतले श्रीलंकालाई तीन विकेटले पराजित गर्दै गरेको हो । जितका लागि २ सय ७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमायो । भारतलाई जिताउन दीपक चाहरले नटआउट ६९ र सूर्यकुमार यादवले ५३ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो । यसअघि भएको पहिलो एक दिवसीयमा पनि भारत विजयी भएको थियो ।

शिखर धवनको कप्तानीमा रहेको भारतले लगातार उत्कृष्ट प्रदर्शन गर्दै तीन खेलको एक दिवसीय सिरिज २–० ले जितेको छ । अब तेस्रो खेल शुक्रबार कोलम्बोमा हुनेछ

प्रतिक्रिया