
टोकियो ओलम्पिक गेम्सअन्तर्गत नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भएकी छिन्।
शनिबार विहान महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो।
जसमा इरिनाले इप्पोनको आधारमा सोनियलाई पहिलो राउन्डमै पराजित गरिन्।
रसियाकी इरिनाले आफ्नो देशको झण्डाबाट भने खेलिनन्। रसिया डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको कारण रसियाका खेलाडीहरू ओलम्पिकको झण्डबाट ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका छन्।
यसअघि आजै नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरिन्।
उनले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन सकिनन्।
कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।
कल्पनाले ६१६.८ स्कोर गरेर राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा भने छनोट हुन सकिनन्।
प्रतिक्रिया