Pura Samachar

कोरोनाको स्रोत पत्ता लगाउन विशेषज्ञहरु चीन पठाउँदै डब्ल्यूएचओ

प्रकाशित: June 30, 2020

कोरोनाको स्रोत पत्ता लगाउन विशेषज्ञहरु चीन पठाउँदै डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको स्रोत पत्ता लगाउन एक टोली चीन पठाउने भएको छ । कोरोनाको उत्पती कसरी केबाट भयो भन्ने पत्ता लगाउन स्वास्थ्य विशेषज्ञहरुको एउटा टोली आउँदो हप्ता चीन जान लागेको सोमबार डब्ल्यूएचओले जनाएको छ ।

डब्ल्यूएचओले सुरु देखि नै चीनलाई कोरोनाको स्रोत पशु के हो पत्ता लगाउन आफ्ना विशेषज्ञलाई बोलाउन आग्रह गर्दै आएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोसले सोमबार एक भर्चुअल ब्रिफिङमा भनेका थिए, “जब हामीलाई भाइरसको बारेमा सबै कुरा थाहा हुन्छ, हामीलाई यो सँग अझ राम्रोसँग लड्न सजिलो  हुन्छ । यो भाइरस कहाँबाट आयो भन्ने पत्ता लगाउनु हाम्रो उद्देश्य हुने छ । अर्को हप्ता हामी यसको लागि चीनमा टोली पठाउँदैछौं । हामी आशा गर्छौं कि यसले भाइरसको उत्पती बुझ्न मद्दत गर्नेछ ।”

टोलीमा कोको छन् उनले नखुलाएकाे बीबीसीले जनाएकाे छ ।

कोरोना भाइरस जनावरबाट मानिसमा आएको वैज्ञानिकहरूको  विश्वास छ । वुहानको बजारबाट यो भाइरस सुरु भएको उनीहरुको विश्वास छ जहाँ असाधारण जनावरहरूको मासु बेचिन्छ ।

हालसम्म विश्वमा २१६ देशमा फैलिसकेको यो भाइरसबाट एक करोड मानिसमा संक्रमण देखिसकेको छ । करिब ५ लाख संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया