Pura Samachar

एकदिवसीय श्रृंखला अष्ट्रेलियाले श्रृंखला २-१ जित्यो

प्रकाशित: July 27, 2021

एकदिवसीय श्रृंखला अष्ट्रेलियाले श्रृंखला २-१ जित्यो

साउन १२, २०७८

काठमाडौँ : वेष्ट इन्डिजसँगको तीन खेलको एकदिवसीय श्रृंखला अष्ट्रेलियाले जितेको छ ।

मंगलबार बिहान सकिएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ६ विकेटको जित हात पारेसँगै अष्ट्रेलियाले तीन खेलको श्रृंखला २-१ ले जितेको हो ।

वेष्ट इन्डिजले दिएको १५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३० ओभर ३ बलमा ४ विकेट गुमाएर भेटयो ।

उसका लागि म्याथ्यु वाडेले अर्धशतक बनाउँदै नटआउट ५१ रनको योगदान दिए । कप्तान एलेक्स क्यारीले ३५ रन बनाए ।

त्यसअघि ब्रिजटाउनमा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज १५२ रनमा अलआउट भएको थियो ।

उसका लागि इभान लेविसले सर्वाधिक नटआउट ५५ रन बनाउन सके ।

वेष्ट इन्डिजलाई सस्तैमा अलआउट गर्न अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए भने एडम जाम्पा, जोश हेजेल्वुड र अस्टन अगरले समान दुई दुई विकेट लिए ।

यससँगै तीन खेलको एकदिवसीय श्रृंखला अष्ट्रेलियाले २-१ ले जितेको हो ।

यसअघि भएको पाँच खेलको टी-ट्वान्टी श्रृंखला वेष्ट इन्डिजले ३-२ ले जितेको थियो ।

टी-ट्वान्टी गुमाएपनि एकदिवसीय श्रृंखला जितेर अष्ट्रेलियाले वेष्ट इन्डिज भ्रमण सुखद बनाएको छ ।

प्रतिक्रिया