
बिहीबार, साउन १४, २०७८
आजदेखि मैलुङखोला जलविद्युत आयोजनाको प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ।
कम्पनीको आइपिओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ। अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गर्न लागेको हो।
यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछिको बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
सिडिएससीको मेरो सेयर अनलाइनबाट र आस्बा सदस्यप्राप्त आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवेदन दिन सकिनेछ।
केयर नेपालले कम्पनीलाई डी रेटिङ प्रदान गरेको छ। औसतमा यो कम्पनी कमजोर स्तरको जनाउँछ। बिक्री प्रवन्धकका रुपमा सिद्धार्थ क्यापिटल रहेको छ। रसुवा जिल्लामा बग्ने मैलुङखोलाबाट कम्पनीले ५ मेगावाट बिजुली उत्पादन गर्नेछ।
आयोजनाको कुल लागत ९० करोड २९ लाख अनुमान गरिएको छ। सो अनुमानमै सम्पन्न भएमा प्रतिमेगावाट लागत १८ करोड ५ लाख हुनेछ।
प्रतिक्रिया