Pura Samachar
  • युभेन्ट्सको जीतमा रोनाल्डोको गोल

    प्रकाशित: १ दिन पहिले

    युभेन्ट्सको जीतमा रोनाल्डोको गोल

    एजेन्सी – क्रिस्टीयानो रोनाल्डोको गोल सहयोगमा इटालीयन जाइन्ट युभेन्ट्सले जेनोआविरुद्ध जीत हात पारेको छ । सिरी ए मा बुधबार बिहान भएको खेलमा युभेन्ट्सले जेनोआलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

    खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफ शुरु भएको पाँच मिनेटमै पाउल डिबलाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै, खेलको ५६ औं मिनेटमा यो सिजनको २४ औं गोल गरेका रोनाल्डोले टिमलाई २–१ गोलको अग्रता दिलाएका थिए ।

    युभेन्ट्सले २–१ गोलको अग्रता बनाएर खेलिरहँदा ड्युगलस कोस्टाले खेलको ७३ औं मिनेटमा विजयी गोल गर्दै ३–१ गोलको जीत दिलाएका थिए ।

    रोनाल्डोले एक गोल गरेकै दिन अर्का चिर प्रतिद्वन्दी मानिने लियोनल मेस्सीले सात सय गोल क्लबमा प्रवेश गरेका छन् । बार्सिलोना र एट्लेटिको मड्रिडबीचको खेलमा पेनाल्टी गोल गर्दै मेस्सीले करियरको सात सयौं गोल पूरा गरेका हुन् ।

    यस्तै, युभेन्ट्समा कीर्तिमान बनाउन रोनाल्डो एक गोलले पछि रहेका छन् । यो सिजनमा २४ गोल गरिसकेका रोनाल्डो २५ गोल पुरा गर्दै सन् १९६०–१९६१ को सिजनपछि एकै सिजनमा २५ गोल गर्ने पहिलो खेलाडी बन्नेछन् ।

    यसअघि यो कीर्तिमान सन् १९६०–१९६१ को सिजनमा २५ गोल गरेका ओमर सिभोरीको नाममा छ । जीत हात पारेको युभेन्ट्स ७२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

    प्रतिक्रिया