
साउन २१, २०७८
काठमाडौं।साहस उर्जाले साउन २९ गतेदेखि साधारण शेयर(आईपीओ) जारी गर्ने भएको छ।कम्पनीले उक्त मितिदेखि आयोजना प्रभावित स्थानीयबासीका लागि आईपीओ बिक्री खुलाउने भएको हो।प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका दरले ३५लाख कित्ता सेयर सोलुखुम्बुवासी स्थानीयका लागि निष्कासन गर्न लागेको हो।शेयरको बिक्री बन्द छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २७ गते हुनेछ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ।
प्रतिक्रिया