Pura Samachar
  • साहस उर्जाकाे आइपिओ खुला

    प्रकाशित: साउन २९, २०७८

    साहस उर्जाकाे आइपिओ खुला

    काठमाडाैं । साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आज (शुक्रवार) देखि सर्वसाधारणका लागि बिक्री खुला गरेको हाे ।

    आइपिओकाे बिक्री भदौ ११ गतेसम्म जारी रहने कम्पनीले जनाएकाे छ ।

    निश्चित अवधिमा मागबमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जानकारी दिएकाे छ  । आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाका लागि ३५ लाख कित्ता साधारण सेयर निष्काशन खुला गरिएको छ ।

    कम्पनीले प्रतिसेयर १०० मूल्यका दरले ३५ लाख कित्ता अर्थात् ३५ करोड बराबरको सेयर जारी गरेको हो । योसँगै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ता सेयर खरिद गर्न सक्नेछन् ।

    आइपिओमा ग्लोबल आइएमइ बैंक र माछापुच्छ्रे बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा र प्राइम बैंकको रमिते शाखामार्फत आवेदन दिन सकिने कम्पनीले जानकारी दिएकाे छ ।

    प्रतिक्रिया