Pura Samachar

नव प्रवेशी ब्रेन्टफोर्डसँग आर्सनल स्तब्ध

प्रकाशित: August 14, 2021

नव प्रवेशी ब्रेन्टफोर्डसँग आर्सनल स्तब्ध

एजेन्सी। इङ्लिस प्रिमियर लिगमा ७४ वर्षपछि फर्किएको ब्रेन्टफोर्डले पहिलो खेलमै आर्सनललाई २–० ले हराउँदै नयाँ सिजनमा दमदार सुरुआत गरेको छ। घरेलु मैदान ब्रेन्टफोर्ड कम्युनिटी रंगशालामा सेर्गी कानोसले २२औं मिनेटमा गोल गरे। खेल सकिन १७ मिनेट बाँकी हुँदा क्रिष्टियन नोर्गार्डले अग्रता दोब्बर बनाए। गत सिजन खराब प्रदर्शन गरेको आर्सनलको नयाँ सिजन पनि सुखद भएन।

प्रतिक्रिया