Pura Samachar

अफगानिस्तानका प्रमुख शहर तालिबानको कब्जामा

प्रकाशित: August 15, 2021

अफगानिस्तानका प्रमुख शहर तालिबानको कब्जामा

काठमाडौं । अफगानिस्तानका प्रमुख शहर कब्जा गरिसकेको तालिबान लडाकू राजधानी काबुल प्रवेश गरेको छ । मुस्लिम अतिवादी विद्रोही समूह तालिबानका लडाकुहरू आइतबार दिउँसो काबुल प्रवेश गरेका हुन् ।

तालिबान लडाकुहरू अहिले काबुलको बाहिरी क्षेत्रमा पुगेको समाचार संस्था एपीले जनाएको छ । काबुल पस्नुअघि उनीहरुले आइतबार बिहानै नजिकैका दुई प्रान्तीय राजधानी पनि कब्जामा लिएका छन्।

पछिल्लो एक सातामा तालिबानले लगभग देशका प्रमुख सबै शहर कब्जा गरेका छन्।

प्रतिक्रिया