Pura Samachar

ग्रिनेड हमलामा एकै परिवारका ११ जनाको मृत्यु, ९ जना घाइते

प्रकाशित: August 15, 2021

ग्रिनेड हमलामा एकै परिवारका ११ जनाको मृत्यु, ९ जना घाइते

एजेन्सी । पाकिस्तानको कराचीमा  भएको ग्रिनेड हमलामा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । हमलामा परी ज्यान गुमाउनेमा  एकै परिवारका सदस्य रहेको बीबीसीले जनाएको छ ।

मृत्यु हुनेमा ६ महिला र चार बच्चा रहेका छन् । हमलामा ९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । मिनी ट्रकमा सवार भएको परिवार विवाहमा सहभागी भएर फर्किँदै गरेको बताइएको थियो ।

सुरुमा सिलिन्डर विष्फोट भएर दुर्घटना भएको भनिए पनि घटनास्थलमा ग्रिनेड नै विष्फोट भएको प्रमाण पाइएको कराची प्रहरीले जनाएको छ । सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहका सल्लाहकार मुर्तजा वहाब सिद्दीकीले ११ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया