
टोटनह्यामले इङलिश प्रिमियर लिग अन्तर्गत नयाँ सिजनको- शुरुवात जितबाट गरेको छ ।
गएराती सम्पन्न खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै सिजनको शुरुवात जितबाट गरेको हो ।
टोटनह्यामको जितमा खेलको ५५औ मिनेटमा सन हेंग मीनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
फ्रेन्च लिग वानमा पिएसजीले शानदार शुरुवात गरेको छ । गएराती सम्पन्न लिग वानको आफ्नो पहिलो खेलमा पिएसजीले स्ट्रासबर्गलाई ४-२ गोलप अन्तरले पराजित गर्दै नयाँ सिजनको शानदार शुरुवात गरेको हो ।
पिएसजीको जीतमा माउरो इकार्डी, किलियन एम्बाप्पे, जुलियन ड्राक्सलर र पाब्लो सर्बियाले एक एक गोलप गरेका थिए । त्यस्तै स्ट्रासबर्गका लागि केभिन गामेरियो र लुडोभिक अजोरक्यूले एक एक गोल गरेका थिए । खेलको ८१औ मिनेटमा स्ट्रासबर्गका अलेक्जेन्डर डिजिकूले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।
पिएसजीले अब अर्को खेल अगस्त २१ मा ब्रेस्टविरुद्ध खेल्ने छ । केहि दिन अघि पिएसजीमा गएका लियोनेल मेसी भने यस खेलमा खेलेका थिएनन् । पिएसजीमा मेसीको डेभ्युका लागि अझै केहि साता पर्खिनुपर्ने भएको छ । त्यस्तै यस खेलमा नेइमार पनि खेलेका थिएनन् ।
प्रतिक्रिया