Pura Samachar

वेष्ट इन्डिजले पाकिस्तानलाई एक विकेटले हरायो

प्रकाशित: August 16, 2021

वेष्ट इन्डिजले पाकिस्तानलाई एक विकेटले हरायो

एजेन्सी। वेष्ट इन्डिजले पाकिस्तानविरुद्धको पहिलो टेष्टमा एक विकेटको रोमाञ्चक विजय हासिल गरेको छ। भ्रमणकारी पाकिस्तानले १६०/५ को स्थितिबाट चौथो दिन थालेको थियो। पाकिस्तानले २०३ रन जोड्दा सबै विकेट गुमायो। १६८ रनको लक्ष्य वेष्ट इन्डिजले ९ विकेट गुमाएर पुरा गर्यो। वेष्ट इन्डिजका जर्माइन ब्लाकउडले ५५ रन बनाए भने केमर रोच ३० रनमा अविजित रहे।

एजेन्सी। अजिन्क्या रहानेले ६१ रन बनाएपछि भारतले इङ्ल्यान्डविरुद्ध दोस्रो टेष्टको चौथो दिन १५४ रनको अग्रता लिएको छ। तेस्रो दिन इङ्ल्यान्ड ३९१ रनमा अलआउट भएको थियो। पहिलो इनिङ्समा ३६४ रन बनाएको भारत चौथो दिन सकिँदा १८१/६ रनको स्थितिमा छ। रहानेबाहेक भारतका चेतेश्वर पुजराले ४५ र रोहित शर्माले २१ रन जोडे। रिसब पन्त १४ र इशान्त शर्मा ४ रन बनाएर क्रिजमा छन्।

 

प्रतिक्रिया