Pura Samachar

होटल र हवाइ सेवा खुल्दै

प्रकाशित: July 4, 2020

होटल र हवाइ सेवा खुल्दै

स्वास्थ्य सुरक्षाको मापदण्ड बनाएर होटल र हवाइ सेवा खुल्ला गरिने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयलाईन्स खुलाउन आवश्यक पूर्व तयारी थालेको बताए।

शुक्रवार पर्यटन ब्यवसायी संगठनहरुको माग तथा सुझाव बुझदै मन्त्री भट्टराईले अव सुरक्षा अपनाएर होटल, वायुसेवा व्यवसाय शुरु गर्ने तयारीमा जुटेको बताएका हुन्। मन्त्री भट्टराईले कोरोना संक्रमित कम भएको देशबाट हवाई सेवा सञ्चालन गर्न सकिने संकेत गदै नेपाल पर्यटन बोडसँग स्वास्थ्य प्रोटोकल र अन्य देशको उदाहरण हेरर प्रस्ताब लिएर आउन ब्यवसायीलाई आग्रह गरे। स्वास्थ्य प्रोटोकल सहितको प्रस्ताब आए सिसिएमसि र क्याविनेटमा लगेर निर्णय गराउने बताए।

पर्यटन ब्यवसायीहरुले कोरोना भाईरसका कारण पर्यटन क्षेत्रमा नराम्रो असर परेको भन्दै निश्चित मापदण्ड बनाएर होटल र हवाई सेवाका नियमित तालिका अनुसार सञ्चालन गर्न माग गरको छन ।

माग पत्र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स,ऐजेन्ट,सोसाईटी अफ ट्राभल एण्ड अपसरटेस नेपाल,होटल एसोसिसन नेपाल,नेपाल एसोसिएसन अफ टुर अपरेटर्स,टेकिङ्ग एजेन्सी एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ राफिटङ ऐजेन्सी,नेपाल पर्वरोहण संघ, टुरिस्ट बस एसोसिसन अफ नेपाल र नेपाल पर्यटक यातायात ब्यवसायी संघले सामुहिक रुपमा माग तथा सुझाव दिएका थिए।

प्रतिक्रिया