Pura Samachar
  • मानुषी लघुवित्तको आइपी बाँडफाँड सम्पन्न

    प्रकाशित: भदौ ७, २०७८

    मानुषी लघुवित्तको आइपी बाँडफाँड सम्पन्न

    काठमाडौँ – मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर(आइपिओ)को बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार मानुषी लघुवित्तको शेयरको बाँडफाँड सोमबार बिहान सम्पन्न भएको हो।

    आइपिओ बाँडफाँड हुँदा ३६ हजार ८ सय ५६ जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने भाग्यमानी ३ जनाले ११ कित्ताका दरले आइपिओ पाएका छन्।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० लाख कित्ता साधारण शेयर निष्कासनमा ल्याएको थियो। त्यसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानीका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

    आइपिओका लागि लागि २४ लाख ३ हजार ५५ जना आवेदक दिएका थिए। तर त्यस मध्ये २३ लाख ५४ हजार ७ सय ८४ जनाको आवेदन मात्रै प्रमाणीकरण भएको थियो। ३६ हजार ८ सय ५९ जनाले शेयर पाएपनि २३ लाख १७ हजार ९ सय २५ जनाको हात रित्तो भएको छ।

    आइपिओको नतिजा मेरोशेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइटबाट हेर्न सकिनेछ ।

    प्रतिक्रिया