Pura Samachar

क्रिकेट टिमका प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा

प्रकाशित: August 28, 2021

क्रिकेट टिमका प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा

काठमाडौंः नेपाली क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएका छन्। सेप्टेम्बरमा हुने ओमन सिरिजपछि लागू हुने गरी प्रशिक्षकको भूमिकाबाट उनले राजीनामा दिएको नेपाल क्रिकेट संघले जनाएको छ। संघले ह्वाटमोरले निजी कारणले राजीनामा दिएको जनाएको छ।

यता इएसपीएन क्रिकइन्फोले कोभिड १९ को महामारीको कारण परिवारलाई समय दिन नसकिएको कारण ६७ वर्षे व्हाटमोरले राजीनामाको इच्छा देखाएको उल्लेख गरेको छ।

श्रीलंका, बंगलादेश, पाकिस्तान, जिम्बावेलगायतका देशमा प्रशिक्षण सम्हालेका ह्वाटमोरले गत डिसेम्बरमा नेपाली टोलीको जिम्मेवारी सम्हालेका थिए। उनको नेतृत्वमा नेपालले नेदरल्याण्ड्स र मलेसियासँगको त्रिदेशीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेको थियो।

प्रतिक्रिया