
काठमाडौं । लियोनल मेस्सीले फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट डेब्यु गरेका छन् ।
लिग अन्तर्गत आइतबार राति भएको रिम्ससँगको खेलको दोस्रो हाफमा मेस्सी मैदान छिरेका हुन् ।
अवे मैदानमा भएको खेलमा पिएसजीले रिम्सलाई २–० ले पराजित गरेको छ । पिएसजीका लागि दुवै गोल केलियन एमबाप्पेले गरेका हुन् ।
उनले १६ र ६३ औँ मिनेटमा गोल गरे । ६६ औँ मिनेटमा नेइमार बाहिर निस्किए । उनको ठाउँमा मेस्सी मैदान गएका हुन् । उनले ३० नम्बरको जर्सी लगाएका थिए ।
मेस्सीले आफ्नो व्यवसायिक खेल जीवनमा बार्सिलोना बाहेक खेलेको पिएसजी पहिलो क्लब हो।
प्रतिक्रिया