
विश्व नम्बर एक एश्ली बार्टी युएस ओपन टेनिसको तेस्रो चरणबाटै बाहिरिएकी छन् । नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा विम्बल्डन च्यापियन बार्टीलाई शेल्बी रोजर्सले पराजित गरेकी हुन् ।
विश्व बरियतामा ४३ औँ स्थानमा रहेकी रोजर्सले बार्टीलाई ६–२, १–६ र ७–६ (७–५) को सेटमा पराजित गरेकी हुन्।
रोजर्सले चौथो चरणमा बेलायती किशोरी एमा रादुकानुसँग प्रतिस्पर्धा गर्ने छिन् ।
प्रतिक्रिया