Pura Samachar
  • आज अमेरिकी डलरसहित प्राय सबै विदेशी मुद्राको भाउ बढ्यो

    प्रकाशित: ४ हप्ता पहिले

    आज अमेरिकी डलरसहित प्राय सबै विदेशी मुद्राको भाउ बढ्यो

    काठमाडौँ । आज असार २४ गते (८ जुलाई, बुधबार) अमेरिकी डलरसहित प्राय सबै देशका मुद्राको भाउ बढेको छ ।

    आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६० पैसा तथा बिक्रिदर १२० रुपैयाँ २० पैसामा झरेको छ। यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर १ सय ३५ रुपैयाँ ५८ पैसा रहेको छ।

    त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ ४५ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ १९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ १ रहेको छ।

    युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ७३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ११ पैसा रहेको छ।

    कुवेती दिनार एकको खरिददर ३८८ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर ३९० रुपैयाँ २७ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३१७ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३१८ रुपैयाँ ८० पैसा रहेको छ।

    यस्तो छ २० देशको तालिका

    प्रतिक्रिया