Pura Samachar

अर्जेन्टिनाको सहज जित

प्रकाशित: September 10, 2021

अर्जेन्टिनाको सहज जित

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ । आज बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक पूरा गरे । खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २–० को बनाए । त्यसपछि खेलको ८८ औं मिनेटमा मेस्सीले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई ३–० को जित दिलाए ।

यस जितसँगै अर्जेन्टिनाले ८ खेलमा १८ अंक जोडेको छ । अर्जेन्टिना छनोट तालिकाको दोस्रो स्थानमा रहेको छ । बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया