Pura Samachar
  • विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध नेपालको जीत

    प्रकाशित: भदौ २९, २०७८

    विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध नेपालको जीत

    ओमान । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले अमेरिकाविरुद्ध जीत निकालेको छ ।

    नेपालको जीतमा कुशल भुर्तेल र रोहित पौड्यालको अर्धशतकको योगदान रहेको थियो ।

    सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटमा हराएको हो । ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा अमेरिकाले नेपाललाई जितका लागि दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा लक्ष्य पूरा गर्‍यो ।

    नेपालका लागि कुशल भुर्तेललले सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले । ९३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै ८७ बल खेलेका रोहितले २ चौका र ३ छक्काको सहयोगमा ६२ रन बनाए । नेपालका लागि विनोद भण्डारीले रन बनाउँदा आसिफ शेखले २३ र कप्तान ज्ञानेन्द्र मल्ले १७ रनको योगदान गरे ।

    बलिङतर्फ अमेरिकाका लागि निसागर पटेल र नाठुस कन्जिगेले समान दुई–दुई विकेट लिए । त्यस्तै सौरव नटराभल्कर एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रन बनाएको थियो ।

    अमेरिकाका लागि पटेलले शतकीय पारी खेले । ११४ बल खेलेका उनले ९ चौका र १ छक्काको सहयोगमा १०० रन बनाए ।

    त्यस्तै पटेलले २१ रन बनाए भने सुशान्त मोडानी र कारिमा गोरेले समान १६–१६ रनको योगदान गरे । अमेरिकाका लागि स्टिभ टेलरले १४ रन बनाउँदा अविशेक परादकरले १३ रन बनाए ।

    बलिङतर्फ नेपालका लागि विक्रम सोब, सन्दीप लामिछाने र शुशन भारीले समान दुई–दुई विकेट लिए । त्यस्तै कुशल मल्लले एक विकेट लिए ।

    प्रतिक्रिया