Pura Samachar

हङकङसँग खेल्दै नेपाल

प्रकाशित: September 21, 2021

हङकङसँग खेल्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज (मंगलबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल जित निकाल्नै पर्ने दबाबमा छ ।

नेपालले पहिलो खेलमा फिलिपिन्सविरुद्ध खेलेको थियो । जुन खेलमा नेपाल २–१ ले पराजित भएको थियो । त्यस्तै नेपाल आज छनोट सम्भावना जोगाइ राख्ने योजनामा हुनेछ ।

एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिमलाई आजको खेलमा केही दबाब भने पक्कै हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आजको खेलमा सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।

समूह ‘एफ’मा रहेको नेपालले आफ्नो जित र फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नु पर्ने हुन्छ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । यसअघि नेपाल हंङकङसँग भएको दुबै खेलमा पराजित भएको छ ।

प्रतिक्रिया