Pura Samachar

एट्लेटिको म्याड्रिडको सिजनमा पहिलो हार

प्रकाशित: September 26, 2021

एट्लेटिको म्याड्रिडको सिजनमा पहिलो हार

स्पेनिस ला लिगाको साविक विजेता एट्लेटिको म्याड्रिडले सिजनमा पहिलो हार बेहोरेको छ।

शनिबार भएको खेलमा एट्लेटिकोलाई डिपोर्टिभो अलाभेसले १-० गोलले पराजित गरेको हो।

अलाभेसको जितमा लागुर्डियाले गरेको गोल निर्णायक बन्यो। उनले खेलको चौथो मिनेटमै गोल गरे।

खेलमा एट्लेटिकोले  ७१ प्रतिशत बल नियन्त्रणमा लिएको थियो। खेलमा एट्लेटिकोले १० प्रहार गरेको थियो।

लिगमा सात खेलेको एट्लेटिकोले १४ अंक जोडेको छ। एट्लेटिको अंक तालिकाको दोस्रो स्थानमा छ।

 

एट्लेटिकोले ४ जित र २ बराबरी खेल्दा एक हार बेहोरेको छ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले ६ खेलबाट १६ अंक जोडेको छ।

अलाभेसले सिजनमा पहिलो जित हात पारेको छ।

प्रतिक्रिया