Pura Samachar

अमेरिकी राष्ट्रपति ट्रम्पको बोली फेरियो, आक्रामकबाट अचानक रक्षात्मक बने

प्रकाशित: July 19, 2020

अमेरिकी राष्ट्रपति ट्रम्पको बोली फेरियो, आक्रामकबाट अचानक रक्षात्मक बने

काठमाडौं। पछिल्लो समय लगातार आक्रामक रुवमा प्रस्तुत भइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक रक्षात्मक बनेका छन् । चुनावी कार्यक्रममा कोरोना महामारीको उल्लंघन गरेपछि राष्ट्रपति ट्रम्प अचानक ब्याकफुटमा आएका हुन् । हालै तुलसा र्यालीमा मास्क नलगाइ सहभागी भएपछि उनीविपक्षीको निशानामा परेका थिए । विपक्षले उनीमाथि पटक पटक प्रोटोकल उल्लंघनको आरोप लगाउँदै आएको छ ।

लगातार आलोचनामा परेपछि शनिबार अचानक राष्ट्रपति ट्रम्पको बोली फेरिएको छ । उनले रक्षात्मक अभिव्यक्ति दिँदै जबसम्म कोरोना महामारीको कुनै हल भेटिँदैन तबसम्म कुनै पनि चुनावी र्याली नगर्ने घोषणा गरे । विपक्षले अहिलेसम्म ट्रम्पको यो बयानमा कुनै प्रतिक्रिया दिएको छैन तर उनको यो अभिव्यक्तिले अमेरिकाको राजनीतिमा नयाँ तरंग आउने देखिएको छ ।

भिस्कन्सिनमा आफ्ना समर्थकहरुसँग कुरा गर्दै ट्रम्पले यो आफ्नो पहिलो टेली र्याली भएको बताए । उनले कोरोना महामारीको कुनै हल नभेटिँदासम्म चुनावी र्यालीको सट्टा टेली र्याली गर्ने बताए । कोरोना भ्याक्सिनमा राम्रो काम गरिरहेको र राम्रो प्रगति भएको दावी गर्दै राष्ट्रपति ट्रम्पले भने ‘तर जबसम्म यो समस्याको कुनै समाधान हुँदैन तबसम्म हामीले ठूलो चुनावी र्याली गर्न सक्दैनौं ।’

प्रतिक्रिया