Pura Samachar
  • एसी मिलान शीर्ष पाँचमा उक्लियो

    प्रकाशित: ३ हप्ता पहिले

    एसी मिलान शीर्ष पाँचमा उक्लियो

    एजेन्सी । ज्लाटन इब्राइमोविचको दुई गोलले प्रेरित एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष पाँचमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा एसी मिलानले ससुओलोलाई २–१ गोल अन्तरले पराजित गर्दै शीर्ष पाँचमा पुग्न सफल भएको हो ।

    ससुओलोको घरेलु मैदानमा भएको खेलमा एसी मिलानलाई जित दिलाउन इब्राइमोविचले दुई गोल गरे । उता ससुओलोका लागि फर्नानस्को कपुटोले एक गोल फर्काए ।

    खेलको १९ औँ मिनेटमा इब्राइमोविचले गोल गर्दै एसी मिलानलाई अग्रता दिलाए । ४२ औँ मिनेटमा कपुटोले ससुओलोका लागि बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा इब्राइमोविचले गोल गर्दै एसी मिलानलाई २–१ गोलले जित दिलाए ।

    पहिलो हाफको इन्जुरी समयमै ससुओलो १० खेलाडीमा सिमित भएको थियो । ससुओलोका मेहेन्दी बोराविया रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

    जितसँगै एसी मिलान ३५ खेलबाट ५९ अंक जोड्दै शीर्ष पाँचमा उक्लिएको छ । पराजित ससुओलो ४८ अंकसहित आठौं स्थानमा छ ।

    प्रतिक्रिया