
नयाँ दिल्ली । संक्रमणको हिसाबले भारत विश्वको तेस्रो सबैभन्दा बढी प्रभावित देश हो । भारतमा कोरोना भाइरस संक्रमणको संख्या बढेर २० लाख नाघेको छ ।
आधिकारिक आँकडाअनुसार पछिल्लो २४ घण्टामा ५८ हजारभन्दा बढी नयाँ संक्तमित थपिएका छन् । यसका साथै संक्रमितको संख्या बढेर २० लाख २१ हजार चार सय सात पुगेको छ ।
भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण ४० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । मृतकको संख्याको आधारमा भारत विश्वको पाँचौं बढी प्रभावित देशमा पर्दछ ।
प्रतिक्रिया