Pura Samachar

ओलीलाई जसरी पनि पेल्ने पक्षमा नेता नेपाल, माग गरे अर्को कार्यदल

प्रकाशित: August 18, 2020

ओलीलाई जसरी पनि पेल्ने पक्षमा नेता नेपाल, माग गरे अर्को कार्यदल

काठमाडौं । सत्तारुढ दलभित्रको आन्तरिक विवाद समाधानको दिशातर्फ अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि गहिरिएको सत्तारुढ दलको विवाद पछिल्लो समय अर्ली महाधिवेशन र प्रचण्डलाई महाधिवेशन कार्यकारी समितिको प्रमुख दिने तथा मन्त्रिपरिषद् फेर्ने सहमतिपछि नेकपाको विवाद समाधानको दिशातर्फ अघि बढेको छ ।

यस विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्दन शर्मा, शंकर पोखरेल सदस्य छन् ।

कार्यदल गठन लगत्तै वरिष्ठ नेताद्वय नेपाल- झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाउँदै सचिवालयको अनुमोदनको माग गरेका थिए । सोही माग बमोजिम सोमबार सचिवालय बैठक बसेर कार्यदललाई अनुमोदन गरेको छ ।

तर, उपाध्यक्ष वामदेवम गौतमले भने कार्यदलप्रति विमती जनाएका छन् । उनले पार्टी कमिटी हुँदाहुँदै किन छुट्टै कार्यदल गठन गर्नुपर्‍यो भनेर आइतबारको सचिवालय बैठकमा प्रश्‍न गरेका थिए । वामदेवले गत साउन १३ गते ६ बुँदे प्रस्ताव अघि सारेका थिए । आफूले प्रस्ताव गरेको विषयहरू हुबहु लागुहोस् भनेर आकांक्षा अस्वाभाविक नभएको बताएक नेता गौतमले बताएका छन् ।

पार्टीभित्रको आन्तरिक विवाद मिल्नेतर्फ गइरहेका बेला फेरि वरिष्ठ नेता नेपालले अर्को बखेडा झिकेका छन् । उनले जसरी भए पनि प्रधानमन्त्री ओलीलाई गलाउने रणनीति अवलम्बन गरेका छन् ।

उनले अर्को कार्यदलको माग गरेका थिए । नेता नेपालले सरकारले कोभिड-१९ को प्रभावकारी नियन्त्रण र व्यवस्थापन गर्न नसकेको भन्दै कोभिड-१९ प्रकोप र यसको असरबारे अध्ययन गर्न कार्यदल गठनको माग गरेका हुन् ।

पार्टीका समस्या समाधान गर्न अध्यक्षद्वयले अघि सारेको कार्यदल अनुमोदन गर्न आवश्यक रहेको निष्कर्ष सुनाउँदै नेता नेपालले कोरोनाबारे पनि अध्ययन आवश्यक रहेको बताएका थिए ।

कोभिड–१९ नेपाललाई मात्रै नभएर मानव सभ्यतालाई नै चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा यसबारे मिहीन अध्ययन हुनुपर्ने उनको बताइरहेका छन् । उनी कार्यदललाई जुन बाहना भने पनि उनको उद्देश्य भनेको प्रधानमन्त्री ओलीलाई पेल्नु रहेको देखिन्छ ।

प्रतिक्रिया