Pura Samachar

ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिन्छौं : भुसाल

प्रकाशित: January 22, 2021
पूरा समाचार

ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिन्छौं : भुसाल

९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली पराजित हुनुको विकल्प नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै भुसालले ओलीसँग अब साइबर सेना भनिने साइबर स्याल र सेटिङ मात्र बाँकी रहेको दाबी गरे । उनले अघि भने, ‘यो अदालत तपाईंको सेटिङका कारण डराएर तपाईंको पक्षमा फैसला गर्छ भन्ने लागेको छ भने तपाईं गलत हुनुहुन्छ ।’

सेटिङले जसुसी उपान्यासमा मात्र काम गर्ने भन्दै उनले आफूहरुको आन्दोलनले ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिने बताए ।

प्रतिक्रिया